Sagun Khabar
कञ्चनपुरमा जेठ २२ गते सम्म निषेधाज्ञा जारी रहने 

कञ्चनपुर–कञ्चनपुरमा निषेधाज्ञा एक साता थपिएको छ । स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरिएको हो ।

कोभिड व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणकाका लागि निषेधाज्ञा थप गरिएको उनले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update