Sagun Khabar
सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले स्पष्टीकरण सोध्यो 

धनगढी – नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा माया भट्ट छन् । उनीहरु तीनैजना नेपाल समूहका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार बसेको संसदीय दलको बैठकले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णयलाई चुनौती दिँदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो ।

एमाले प्रदेश संसदीय दलको बैठकले गरेको निर्णयले तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको संकट टरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update