कञ्चनपुर –कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
नगरपालिकाका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको थियो । उनमा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १२:३४
प्रतिक्रिया दिनुहोस्