बझाङका एक बालक  बिहीबारदेखि बेपत्ता
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङका एक बालक बेपत्ता भएका छन्। जिल्लाको तलकोट गाउँपालिका–३ बस्टिका १४ वर्षीय सन्जु भनिने सन्जन रोकाया बिहीबारदेखि बेपत्ता भएका हुन्।
घरबाट भागेर सदरमुकाम चैनपुर पुगेका उनी त्यहाँबाट पनि फरार भएको उनका बुवा सिङ्गारु रोकायाले बताए। आजसम्म पनि सन्जन सम्पर्कमा नआएकाले प्रहरीमा उजुरी दिएको उनले बताए।
सन्जनलाई कसैले फेला पारे ९८००६०५४३१ मा फोन गरि खबर गरिदिन वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरिएको छ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:४८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
