अछाम –नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनसक्ने सम्भावना रहेको बताएका छन् । नेपाल प्रेस युनियन अछामले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने बताएका हुन् ।
अहिले केन्द्रमा पाँच दलीय गठबन्धनको सरकार रहेको हुनाले गठबन्धनको भावना अनुसार मुख्यमन्त्री परिवर्तन हुन सक्ने उनले औंल्याएका हुन । अहिले सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) बाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्