Sagun Khabar
नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिकाे घाेषणा

काठमाण्डौ – चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफोन वार्ताका क्रममा नेपाललाई १० लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्  ।  

Atrya hospital

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।  

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गरेकि थिइन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गरेकि थिइन् ।  

यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकि छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update