वर्षाका कारण बझाङको एक विद्यालय बन्द
                        
                        
                                                
                                            
                                                                    बझाङ- वर्षाका कारण बझाङको एक विद्यालय बन्द गरिएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको जडारिगाड खोलाको बहाव बढेर हिड्ने बाटोसमेत बगाएपछि आवतजावतमा समस्या भएको भन्दै खप्तडछान्ना २ खाती गाउँको विद्यालय बन्द गरिएको हो।
जगदम्बा आधारभूत विधालय १ हप्तादेखि बन्द गरिएको छ। खोलाको बहाव बढेर विद्यार्थीलाई विद्यालय आउन समस्या हुने भएकाले बिदा दिइएको विधालय प्रशासनले जनाएको छ। वर्षा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
