Sagun Khabar
डडेल्धुराको आलितालमा कार्यरत कम्प्युटर अपरेटर बुढीतोलामा   बाधिँएको अवस्थामा फेला

कैलाली-  कैलालीको बुढीतोलामा एक कर्मचारी बाधिँएको अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका-५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी बाधिँएको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीका अनुसार कन्चनपुर दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी हिजो (आइतबार) महेन्द्रनगरबाट डडेल्धुरा आउदै थिए । उनले आफ्नै निजी कारमा डडेल्धुरा जानेक्रममा कारमा तीन जनाले लिफ्ट मागेको बताएका छन्। 

Atrya hospital

लिफ्ट मागेका ती तीन अपरिचित युवाले आफूलाई बुढीतोला क्षेत्रमा पुग्ने बेला कुटेर बाधिँदिएको र कार लिएर फरार भएको भण्डारीले बताएका छन्। 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update