Sagun Khabar
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी- बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल बैतडीका अनुसार अस्पतालमा अहिले भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये सबै भन्दा बढी भाइरल ज्वरोका रहेका अस्पतालको ओपिडिमा कार्यरत अहेब लक्ष्मी गुरुले जानकारी दिए  । अस्पतालमा अहिले दैनिक सय भन्दा बढी बिरामीहरु भाइरल ज्वरोका आउने गरेका उनले  बताए ।

भाइरल ज्वरोका बिरामिहरु मध्ये सबै भन्दा बढी बालबालिकाहरु रहेको बताइएको छ । वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने लक्षणका बिरामी उपचारका लागि आउने गरेका  जिल्ला अस्पताल बैतडीमै कार्यरत अर्का अहेब देव सिंह रावलले बताए  ।

उपचारका लागि आएका मध्ये चेकजाँच गर्दा कतिपयमा स्क्रब टाइफस समेत फेला परेको उनले बताए 
आइतबार  मात्रै उपचारका लागि अस्पताल पुगेका दुई  जनामा  स्क्रब टाइफस फेला परेको उनको भनाइ छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएकाले शरीर तातो नै रहेको बेला चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा इन्फेक्सन भएर भाइरल ज्वरो हुने गरेको स्वास्थ्यकर्मीहरु बतएका छन् ।

 भाइरल ज्वरोका बिरामीलाइ उमालेर  सफा पानी पिउन, खानपिन र सरसफाइमा विशेष ध्यानदिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update