Sagun Khabar
सरकारको समर्थन फिर्ता नलिने एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधवार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य रहेकोमा एमालेका २५ सांसद छन् । जसमा खनाल–नेपाल समूहका सदस्यको बहुमत छ । यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई प्रदेश सभा सदस्य छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update