बझाङमा जिप दुर्घटना हुँदा वडा अध्यक्ष सहित ६ जना घाइते 
                        
                        
                                                
                                            
                                                                    बझाङ– बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परी दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ४५ बर्षीय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडा अध्यक्ष ४५ बर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका–४ का ४८ बर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय विष्णु बहादुर दौल्याल घाइते भएका छन् ।
घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागेपनि अवस्था सामान्य रहेको बताइएको छ । 
 
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:५८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
