Sagun Khabar
कैलालीमा जेठ २० गते सम्म निषेधाज्ञा जारी रहने 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –कैलालीमा  थप १ साता निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण दर नघटेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्रको सिफारिशमा  निषेधाज्ञा लम्ब्याईएको हो ।

अब कैलालीमा  जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  कैलालीमा निषेधाज्ञा थपिएको यो ५ औं पटक हो ।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म, ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update