डडेल्धुरा –डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनलाई खोलाले बगाउँदा मृत्यु भएको हो ।
पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर फर्कने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए । बगेको ठाउँबाट ५०÷६० मिटिर तल निराजनको शव फेला गरेको उनले बताए । खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका उनले बताए ।
घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्