Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

कञ्चनपुरको पुनर्वास नगरपालिका ४ का ६० वर्षीय पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का २८ वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिका १० का ५१ वर्षीय पुरुष र गोदावरी नगरपालिका ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update