बैतडी- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७औं स्थापना दिवस बैतडीमा पनि मनाइएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कमिटि बैतडीले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७औं स्थापना दिवस मनाएको हो ।
दार्चुलाको गोकुलेश्वर अस्पतालका बिरामीहरूलाई फलफूल र अस्पताललाइ स्वास्थ्य सामग्री प्रदान गरेर राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १७ औं स्थापना दिवस मनाइएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज पुरुशोत्म नाथले जानकारी दिए ।
उनका अनुसार अस्पताललाइ स्वास्थ्य सामग्रीमा मास्क सेनिटाइजर र बिरामीलाइ फलफूल वितरण गरिएको छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी उप–महासचिव गोबिन्द गिरी, डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट र स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।





