Sagun Khabar
बैतडीको दोगडाकेदारका विद्यालयमा जेठ ३० गते बिदा 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका अन्तर्गतका विद्यालयहरु जेठ ३० गते सोमबारका दिन बिदा हुने भएको छ । दोगडाकेदार गाउँपालिका वडा नं ४ स्थित केदार मावि पिपलकोटमा कार्यरत शिक्षक हरिसिंह ठगुन्नाको यही जेठ २६ गतेका दिन निधन भएकाले जेठ ३० गते विद्यालयहरुमा शोक बिदा दिने निर्णय भएको हो । 

गाउँपालिकाले शुक्रबार एक शोक व्यक्तव्य प्रकाशन गर्दै शिक्षक ठगुन्नाको निधनले गाउँपालिकाले शिक्षा क्षेत्रका एक कुशल व्यक्ति गुमाएको उल्लेख गरेको छ । हृदयघातबाट ठगुन्नाको निधन भएको बताइएको छ । 

Dogada1654846002.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update