Sagun Khabar
संघीय सरकारबाट बैतडीका कुन तहमा कति बजेट आयो ? 

बैतडी –बैतडीमा संघीय सरकारको अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढी पाटन नगरपालिकामा बजेट आएको छ । आगामी आर्थिक बर्षका लागि पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको छ । 

यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख र सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख विनियोजन भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update