Sagun Khabar
बैतडीको सिगासमा  एक पुरुष मृत फेला 

बैतडी –बैतडीका एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं १ इरानाका ५२ बर्षीय गगनसिंह धामी आज बिहान पौने सात बजे मृत फेला परेका हुन् । 

सिगास गाउँपालिका वडा नं २ गाँजरी बजारस्थित एक पसलको कोठमा उनीमृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली पुगेको र घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update