काठमाण्डौं – सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।
तारा एयरको उक्त जहाज पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ ११:३८
प्रतिक्रिया दिनुहोस्