पाटन ३ मा एमालेका भट्ट विजयी
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ मा नेकपा एमालेका करुणाकर भट्ट विजयी भएका छन् । ५४८ मत सहित भट्ट वडा अध्यक्षमा विजयी भएका हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा सोही वडामा पराजित भएका थिए ।
भट्टका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्कराज पन्तले ३४५ मत प्राप्त गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्





