बैतडीको मेलौली मेयरमा माओवादीको अग्रता, उपमेयरमा काँग्रेस
बैतडी- बैतडीको मेलौली नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । यस अघि एमाले अगाडि देखिए पनि अहिले एमालेलाइ पच्छाउदै माओवादी केन्द्रले अग्रता लिएको हो ।
ताजा मत परिणाम अनुसार अहिले मेलौलीको मेयरमा माओवादीले २४ सय ७६मत प्राप्त गररेर अग्र स्थानमा छ । यस्तै एमालेले २०५६ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १८ सय ९० मत ल्याएको छ ।
यस्तै उपमेयरमा नेपाली काँग्रेस अगाडि देखिएको छ । उपमेयरमा काँग्रेसले २२ सय ७९ मत ल्याएको छ । यस्तै एमालेले २ हजार ९२ र माओवादी केन्द्रले १८ सय ३३ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १०:३०
प्रतिक्रिया दिनुहोस्




