बैतडीको दशरथचन्द २ मा एमालेका सुर्य बोहरा प्यानल सहित विजयी
बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा नेकपा एमालेका सुर्य बहादुर बोहरा विजयी भएका छन् । वडा नं २ मा बोहरा प्यनल सहित विजयी भएका हुन् । उनी नेपाली काँग्रेसका तेजबहादुर बोहरालाइ ७८ मतले पराजित गर्दै विजयी भएका हुन् । ७४ सालको चुनावमा उनि नेपाली काँग्रस संग ६ मतले पराजित भएका थिए ।
अन्तिम मत परिणाम अनुसार एमालेका सूर्यबहादुर बोहराले ९५६ मत प्राप्त गरे भने कांग्रेसका तेजबहादुर बोहराले ८७८ मत प्राप्त गरे ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्




