बैतडीको पाटन ९ मा गठबन्धन विजयी, एमालेका लोकेन्द्र भण्डारी पराजित
बैतडी-बैतडीको पाटन नगरपालिका वडा नं ९ मा गठबन्धन विजयी भएको छ । एमालेका उम्मेदवार लोकेन्द्र भण्डारीलाइ पराजित गर्दै गठबन्धन विजयी भएको हो । यो वडामा नेकपा माओवादीका कालु सिंह भाट ५६७ मत ल्याएर विजयी भएका छन् ।
कालु भाट यो वडामा प्यानल सहित विजयी भएका हुन् । लोकेन्द्र भण्डारीले ५२८ मत ल्याएका छन् । यस्तै वडा सदस्यमा पनि गठबन्धनका प्रेम भाट, शंकर भट्ट, जयन्ती बिजले र बिमला टेलर विजयी भएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ०९:५८
प्रतिक्रिया दिनुहोस्




