Sagun Khabar
कैलालीमा जेठ १३ गते सम्म निषेधाज्ञा जारी रहने 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याएको छ । जेठ ६ गते सम्म यसअघि नै निषेधाज्ञा जारी गरिएको कैलालीमा अब जेठ १३ गते सम्म जारी रहने छ ।

कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको र मृत्युदर बढीरहेकाले निषेधाज्ञा लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार निषेधाज्ञा लम्बिएको हो ।  
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update