Sagun Khabar
नेपालमा एकैदिन ६ हजार ६४८ जनाले कोरोना जिते

काठमाण्डाै – गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाकाे पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

Atrya hospital

२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना काेराेना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन्  । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ । यस्तै थप एक सय ४५ जनाको काेराेना सङ्क्रमणका कारण ज्यान गएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update