Sagun Khabar
सुदूरपश्चिमका तीन अस्पतालका लागि २३ करोड बढी बजेट निकासा 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको छ ।

जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो ।

उक्त रकम संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेश सरकारलाई निकासा दिएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update