Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र  धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–२ का ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ३१ वर्षीय पुरुष र गोदावरी ३ कै ५२ वर्षीय पुरुषको  उपचारका क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update