Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा मेला जारी, स्थानीय उत्पादनको विक्रि वितरण हुँदै 

दार्चुला – दार्चुलाको गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा लागेको मेला जारी रहेको छ । मेलामा स्थानीय उत्पादनको विक्रि बढी हुने गरेको स्थानीय व्यापारी सुरेश श्रेष्ठले बताए ।

गोकुलश्वरको मेलामा निगालोबाट बनेका सामग्री, तामाबाट बनेका सामग्री, अल्लोको कपडा, काठका ठेकी, विभिन्न जडीबुटीको बढी कारोबार हुने उनले बताए । 

Atrya hospital

स्थानीय उत्पादन खरीदका लागि टाढा–टाढाबाट मानिसहरु गोकुलेश्वर पुग्ने गरेका श्रेष्ठले बताए । उनले भने ‘गोकुलेश्वर मेलाको आकर्षण भनेकै स्थानीय उत्पादन हो । टाढा–टाढाका मानिसहरु विभिन्न सामग्री खरीदका लागि गोकुलेश्वर पुग्ने गर्दछन् ।’

महाशिवरात्री अवसरमा हरेक बर्ष लाग्ने मेलामा लाखौंका स्थानीय उत्पादनहरु विक्रि हुने गरेका छन् । स्थानीय सीपमा आधारित रहेर निर्माण गरिएका सामग्रीहरुमा आकर्षण रहेको श्रेष्ठले बताए । उनले भने ‘गोकुलेश्वर मेलामा स्थानीय उत्पादनहरुले बजार पाउँछ । यसले स्थानीयहरुको रोजगारी पनि सिर्जना भएको छ ।’

गोकुलेश्वर मेला पहिलादेखि नै स्थानीय उत्पादनहरुको कारोबार हुने गरेको स्थानीयहरुले बताएका छन् । यसै कारणले पनि गोकुलेश्वरको मेलामा टाढा–टाढाबाट मानिसहरु पुग्ने गरेका बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update