दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।
यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।
महाकाली नदीमाथि मोटरेबल पुल निर्माण हुनेभएपछि स्थानीयहरुले आवतजावतमा सजिलो हुने आसा गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ ११:३५
प्रतिक्रिया दिनुहोस्