Sagun Khabar
दार्चुलामा ट्याक्टर खस्दा च्यापिएर एकजनाको मृत्यु 
फाइल फोटो

दार्चुला – दार्चुलामा सडक निर्माणमा रहेको ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ । दार्चुला–तिङ्कर निर्माणाधिन सडकखण्डमा निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको प्रहरीले बताएको छ ।

ट्याक्टर खस्दा ट्याक्टर रहेका २३ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Atrya hospital

ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । 

गएराति साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update