पाताल भुवनेश्वर धाममा लागेको मेला (फोटो फिचर)

बैतडी-पातालभुवनेश्वरधाममा हरेक शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको ठूलो भीड लाग्ने गर्दछ । पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पातालभुमेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा अझै सडक पुग्न सकेको छैन् ।
अस्थाको केन्द्र पाताल भुवनेश्वर धाम जिल्लाको सुर्नया गाउँपालिका २ मा पर्दछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १७:१६
प्रतिक्रिया दिनुहोस्