दार्चुला–संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि त्यसको विरोधमा नेपाल बन्द गरिएको छ । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले दार्चुलाको गोकुलेश्वर प्रदर्शन गरेको छ ।
नेकपाका नेता कार्यकर्ताहरुले नाराबाजी सहित गोकुलेश्वर बजारमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा केहीबेर अहसज वातावरण भएपनि अहिले प्रहरीले सबैलाई तितरबितर पारेको छ ।
प्रर्दशनपछि आयोजित कोणसभामा नेकपा नेताहरुले एमसीसी राष्ट्रको हितमा नभएको दोहर्याएका छन् । संसदबाट पारित भएको एमसीसीले राष्ट्रिय स्वाधिनतामा आँच आउने उनीहरुको भनाई छ । एमसीसीको विपक्षमा रहेका ६ ओटा कम्युनिष्ट पार्टी र २ ओटा घटकले आज नेपाल बन्द गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १३:५४
प्रतिक्रिया दिनुहोस्