Sagun Khabar
मतदाता परिचयपत्र हराएको भए निवेदन दिन निर्वाचन कार्यालयको आग्रह 

बैतडी –जिल्ला निर्वाचन कार्यालय बैतडीले मतदाता परिचय पत्र हराएको भएमा निवेदन दिन आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालयबाट यो भन्दा पहिला नै परिचयपत्र बनाएका तर परिचय पत्र हराएका नागरिकको नयाँ परिचयपत्रका लागि फागुन २० गतेसम्म निवेदन दिन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

नजिकको वडा कार्यालय अथवा जिल्ला निर्वाचन कार्यालयमै निवेदन दिन सकिने उनले बताए  । मतदाता नामावलीमा नाम भएका तर विविध कारणले मतदाता परिचयपत्र हराएको भएमा नयाँ मतदाता परिचयपत्र बनाउनका लागि निवेदन आह्वान गरिएको फुँयालले बताए ।

वडा कार्यालयले एकमुष्ट रुपमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा सोही अनुसार परिचय पत्र बनाइने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update