Sagun Khabar
टी–२० ग्लाेबल छनाेट : ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्राे बन्याे

काठमाण्डाै – आईसीसी पुरुष टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएकाे खेलमा नेपालले ओमानलाई नाै विकेटले हराएकाे छ । 

ओमानले दिएकाे ८८ रनकाे सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । यस्तै  आरिफ शेखले २१ रन बनाए । यसअघि आसिफ शेख १३ रन बनाएर आउट भए । बलिङतर्फ ओमानका जेशान मक्सुदले एक विकेट लिए । 

Atrya hospital

अलअमिरातमा टस जितेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बाेहरा र सागर ढकालले एक–एक विकेट लिए । 

नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update