Sagun Khabar
कानुन मन्त्री बडूको घरमा विप्लवको ब्यानर 
Atrya hospital

दार्चुला –नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा रहेको घरमा ब्यानर टाँगिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बडूको घरमा ब्यानर टाँगेका हुन् ।  

जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ५ नमस्कारमा रहेको बडूको घरमा बिहिबार उनीहरुले दलाल मन्त्री मुर्दावाद लेखिएको ब्यानर टाँगेका छन् । 

प्रहरी प्रशासनले भने यसबारे जानकारी नभएको जनाएको छ । यो विषयमा बुझ्ने काम भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update