Sagun Khabar
बैतडी टिप्पर दुर्घटनाः चारै जनाको एउटै चिहान, गाउँमा तीन दिन देखि चुल्हो बलेन 

बैतडी–बैतडीमा सोमबार टिप्पर दुर्घटनामा परि मृत्यु भएका तिन विद्यार्थी सहित एक जना अविभावकको आज बुधबार संगै एउटै चिहानमा दाहसंस्कार गरिएको छ ।  

सिगास माध्यमिक  बिधालय गुरूडा , गुजर माध्यमिक बिधालय गुजरका विद्यार्थी,क्षिक्षक,अविभावक ,गाउँलेहरु लगायत करिब  हजार बढी जना शब यात्रामा उपस्थित भइ पाटन तिन स्थित बनारसी आर्यघाटमा दाहसंस्कार गरिएको सरस्वती आधारभुत विद्यालय किचारका सह प्रधानाध्यापक दिपेन्द्र प्रशाद पन्तले जानकारि दिएका छन  ।  

शब यात्रामा सहभागी सबैले १ मिनेट मौनधारण गरेर शोक मनाएका छन  ।  एउटै वडाका ४ जनाको दुर्घटनामा परि  मृत्यु भएपछि पाटन नगरपालिका ३ गुराली,जडाकोट,गौंडाली गाउँमा ३ दिन देखी चुल्होमा आगो  नबलेकोे शिक्षक पन्तले बताएका छन  ।

दुर्घटनामा परि गौरिशंकर माध्यमिक विद्यालय गुरुडामा अध्यानरत बिधार्थीहरू १२ बर्षिय ज्ञानु बिष्ट, १२ बर्षिय राजेश प्रशाद पन्त र र १७ बर्षिय ललित अवस्थीको निधनले परिवार विछिप्त अवस्थामा छन् । यस्तै सोही दुर्घटनामा परि स्थानीय  ४५ वर्षिय जनकराज पन्तको पनि मृत्यु भएको थीयो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update