दार्चुला–दार्चुलाको नौगाडमा एक युवतीको शव फेला परेको छ । जिल्लाको नौगाड गाउँपालिका–६ बस्ने सङुवा ठगुन्नाको घरमा शैल्यशिखर नगरपालिका–४ घर भएकी २२ वर्षीय कमला ठगुन्नाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कमला श्रीमानलाई भेट्न यही फागुन २ गते मात्रै नौगाड उक्त घरमा आएकी थिइन् । प्रेम सिंहले सङुवा ठगुन्नाको गाडी चलाउने गरेका थिए । सोही घरमा सवारी चालक रहेका उनका श्रीमान प्रेम सिँह ठगुन्नाको डेरा रहेको थियो । आइतबार श्रीमान र गाडी शाहु सङुवा धनगढी आएका बेला उनी कोठामै मृत फेला परेको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए ।
कमलाको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८ ११:०३
प्रतिक्रिया दिनुहोस्