
बैतडी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिबेदनले स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको देखाएको छ । देशैभरका अख्तियार कार्यालयमा स्थानीय तहबारे परेका उजुरी र तिनको प्रकृति हेर्दा घरदैलोको सरकार भनिएको तल्लो तहमै अनियमितता बढी भइरहेको देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिबेदन अनुसार सुदुरपश्चिममा मात्रै २ हजार तिन सय १६ मध्ये ८९१ उजुरी स्थानीय तहसंग सम्बन्धित छन् । जसमा बैतडीका मात्रै १५७ ओटा रहेका छन् । गत साउन देखिमात्रै जिल्ला प्रसासन कार्यालय बैतडीमा ६७ ओटा उजुरी परेका छन् जसमा उपभोक्ताले पैसा नपाएका योजना विवाद लगायतका विकास निर्माणका काम सम्बन्धि रहेका जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।
२०७४ सालको चुनाव पछि स्थानिय तहका प्रमुख हुदा गाडि चढ्न भाडा नहुनेहरु अहिले करोडौँको गाडी चड्ने भएकाछन् । पालिका प्रमुख देखि वडा अध्यक्ष सम्म राजकीय शैलीमा हिँड्ने भएका छन् । एउटा योजनाका लागी स्थानिय तह सम्म बजेट पुग्दा लगभग ४० प्रतिसत भन्दा बढी जनप्रतिनिधि,कर्मचारिहरुकै लागी छुट्याउनु पर्ने बाध्यता रहेको स्थानियहरुले गुनासो गर्ने गरेको पाइन्छ । स्थानीय तहको विकासे काम अपारदर्शीता र भ्रष्टाचारयुक्त हुने गरेको उजुरीको प्रकृतिले पुष्टि गरेको छ ।
स्थानीय सरकार बारे नागरिकका गुनासासंगै अनियमितताका उजुरी बढेको यसपटक मात्रै होइन, बर्षेनी बढ्दो क्रममा छन । तर, छानविन र कारवाही भने हुन नसकेको भनाइ छ । यसले स्रोतको दुरुपयोग र गलत परिचालनलाई बढावा दिएको छ भने, स्थानीय सरकार अलोकप्रिय बन्दै गएका छन् ।