Sagun Khabar
डम्मर हत्या प्रकरण: थप पक्राउ परेका दुई जना जनही ५० हजार धरौटीमा रिहा 

बैतडी - बैतडी सुर्नया ६ का डम्मर अवस्थी हत्या प्रकरणमा पक्राउ परेका थप दुई जना धरौटीमा रिहा भएका छन । केही दिन  अगाडि मात्रै परिवारको जाहेरीका आधारमा पक्राउ परेका गाउँका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थी जनही ५० हजार धरौटी तिरेर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले बताए ।

उक्त घटनामा हत्या स्विकारेका नवराज अवस्थी र हरिष अवस्थीलाई भने पुर्पक्षका लागि थुनामा राखिएको प्रबक्ता खडकाले बताए 

गत मंसिर १४ गते घरबाट हराएका डम्मर अवस्थीको शव ४५ दिन पछि घर नजिकैको धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update