Sagun Khabar
आकस्मिक काम बाहेक यात्रा नगर्न प्रशासन कार्यालय बैतडीको आग्रह 

बिहिवार देखि वर्षा र हिमपात लगातार भइरहेकोले सके सम्म बाहिर नहिन्न प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकोले राजमार्ग खोलाउने प्रयास भए पनि हिमपात संगै पानी परिरहेकोले काम गर्न समस्या भइरहेको प्रशासकीय अधिकृत खगेन्द्र भारती द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

शनिबार सम्म मौसममा सुधार नहुने भएकोले चिसो बढिरहेकोले  बृद्धबृद्धा तथा बालबालिकाहरूलाइ बढि समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत प्रशासन बैतडी द्वारा आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update