Sagun Khabar
सुदूरपश्चिममा आज बर्षा र हिमपातको सम्भावना 

बैतडी –पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ । 

आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ । 

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।
भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्को भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update