
बैतडी –बैतडीमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई भोलीदेखि मोडर्ना खोपको दोश्रो डोज दिने तयारी भएको छ । यसअघि पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । गएको महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिने तयारी भएको उनले बताए । यसका लागि सबै पालिकाहरुमा खोप पठाईसकिएको भट्टले जानकारी दिए ।
१२ देखि १७ बर्ष उमेर समूहका ३१ हजार बढी बालबालिकाहरुलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । जिल्लामा १२ देखि १७ बर्ष उमेरका ३८ हजार बढी बालबालिका रहेका भएपनि ३१ हजार बढीलाई मात्रै मोडर्ना खोपको पहिलो मात्रा दिइएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । खोपको अभावमा सबै बालबालिकाहरुलाई खोप दिन नसकिएको उनले बताए ।
खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिने तयारी भएको हो । यसका लागि पालिकाहरुले सम्बन्धित विद्यालयहरुसंग समन्वय गरेर खोप अभियान सञ्चालन गर्नेछन् । बालबालिकाहरुलाई खोप लगाउन ३२ हजार डोज खोप जिल्लामा ल्याइएको बताईएको छ ।
जिल्लामा १२ बर्षमाथिका १ लाख ६ हजार २५२ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।