Sagun Khabar
धनगढीमा मृत फेला परेका प्रहरी हवलदार जोशीलाई कोरोना भएको पुष्टि 
Atrya hospital

कैलाली –यहि माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर(पिएसओ)समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए । 

जोशीको शवको पोष्टमार्टमपछि गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि समेत पठाइएका समेत प्रहरी नायब उपरीक्षक जोशीले  बताए । 

सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने उनले बताए । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ गुरुद्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए । जोशीको दरबन्दी धनगढी गणमा थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update