दार्चुला – दार्चुलाको खलंगास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । शुक्रवार दिउसो नुहाउनका लागि नदीमा गएका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरी प्रहरीले अस्पताल भर्ना गरेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
उनी महाकाली नदीमा बगेपछि स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । कुँवर पढाईका लागि खलंगामा डेरा गरेर बस्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १४:५९
प्रतिक्रिया दिनुहोस्