दार्चुला – नुहाउने क्रममा महाकाली नदिमा बगेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका छन् । शुक्रबार दिउँसो १ बजे महाकाली नदिमा नुहाउन जाँदा बगेका व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराका २१ वर्षिय सुभाष कुँवरलाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले बताए ।
उद्धार पछि कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । युवकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ति युवक महेन्द्र नमुना माध्यामिक विद्यालय खलंगामा कक्षा १२ मा अध्यनरत रहेको बुझिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १४:२५
प्रतिक्रिया दिनुहोस्