Sagun Khabar
कैलालीमा उपचाररत थप ५ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत थप ५ जनाको ज्यान गएको छ । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५१ वर्षीया महिला, ७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको रहेकोे अस्पतालका प्रमुख डा. रेमकुमार राईले बताए ।

त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षका पुरुष र बर्दगोरीया गाउँपालिका–४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ । उनीहरु सबैमा कोरोनाका लक्षण देखिएपनि केही रिपोट आउन बाँकी रहेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update