Sagun Khabar
बैतडीको शिवनाथमा पाँच बेडको कोरोना अस्थायी अस्पताल 

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाले ५ बेडको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र सुल्लेखानमा नयाँ भवन सहित कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए । 

कोरोना भाईरसको दोश्रो लहर आईसकेकाले अहिले केही संक्रमितहरुलाई अस्पतालमा राखेको उनले बताए । उनले भने ‘कोरोनाका संक्रमितहरुलाई उपचार गर्ने उद्देश्यले हामीले कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएका हौं ।’

Atrya hospital

समान्य लक्षण भएकाहरुलाई भने होम आइसोलेसनमा पठाइएको समेत महताले बताए । कोरोना अस्थायी अस्पतालमा सञ्चालनमा आएपनि जनशक्तिको भने अभाव रहेको महताले जानकारी दिए । उनले भने ‘अस्थायी कोरोना अस्पतालमा जनशक्तिको अभाव रहेको छ । डाक्टरका लागि विज्ञापन खोले पनि पाउन सकेका छैनौं । जनशक्तिको अभावमा चाहेको जस्तो सेवा दिन सकिएको छैन् ।’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्थायी कोरोना अस्पतालले सहज हुने बताइएको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि अस्थायी कोरोना अस्पतालमा डाक्टरको अभाव रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update