Sagun Khabar
झुलाघाट नाकामा कोरोना परीक्षण गरिने 

छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि सुदूरपश्चिमका भारतसंग जोडिएका सीमा नाका उच्च सतर्कता अपनाइएको छ । बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको नाकामै कोरोना परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सीमा नाकाबाट फर्कने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले सीमानाकाबाट स्वदेश फर्कने सबै नागरिकको कोरोना परीक्षणको तयारी गरेका छौं । यसका लागि सीमा नाकामा रहेको हेल्थ डेस्क मार्फत कोरोना परीक्षणको व्यवस्था गरेका छौं ।’

Atrya hospital

सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्लामा एन्टीजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय कीट जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । सोमबार कीट प्रयोगका बिषयमा प्रयोगशालाकर्मीहरुलाई जानकारी गराईएको मंगलबार (आज)देखि नाकामा कोरोना परीक्षण हुने उहाँले जानकारी दिनुभयो ।

झुलाघाटमा रहेको हेल्थ डेस्कमा एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सो हेल्थ डेस्कमा एकजना हेल्थ असिष्टेन्ट, एकजना अनमी र एकजना कार्यालय सहयोगी खटाइएको थियो । कोरोनाका कारण गत बर्षको चैत महिनादेखि बन्द रहेको झुलाघाट नाका गएको माघमा खुलेको थियो ।

भारतमा फेरी कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि सीमा नाका स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिमका झुलाघाट सहितका सबै नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update