Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा अक्सिजनको हाहाकार 

बैतडी –जिल्ला अस्पताल बैतडीमा अक्सिजनको हाहाकार भएको छ । अस्पतालमा कोभीडका बिरामीहरु बढ्दै गएपछि अक्सिजनको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘जिल्ला अस्पतालमा अब हामी अक्सिजनको अभावमा थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन् । अक्सिजन आवश्यक पर्ने बिरामीहरुका लागि अक्सिजन छैन् ।’

अहिले जिल्ला अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भईरहेको डा. जोशीले बताए । जिल्ला अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको उनले सुनाए । 

Atrya hospital

अस्पतालमा भएका अक्सिजन सिलिण्डरहरु खाली भएका र अक्सिजन आपूर्ती हुन नसकेको डा. जोशीले बताए । जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसंगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नुपरीरहेको डा. जोशीले बताए । 

कसैसंग अक्सिजन सिलिण्डर भएमा अस्पताललाई उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । 

कोरोनाको दोश्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिले सम्म ३१ जना उपचारका लागि भर्ना भएका छन् । ती मध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै जिल्ला अस्पतालमै कोरोनाका कारण दुईजनाको मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update