Sagun Khabar
कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली-पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।  

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update